४ फाल्गुन २०८२, सोमबार
बागमती बैंक–वित्त मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘एक्टर टेक–वन’ देशव्यापी प्रदर्शन गर्नदिने सहमती

काठमाडौं । ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने भएको छ ।
विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोती फिल्म प्रालिका बीच ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापीरुपमा प्रदर्शन गर्न दिने सहमती भएको जानकारी गराएका हुन् ।
यसको साथै, ‘एक्टर’ का निर्माताले भोलि माघ १८ गते ‘एक्टर टेक–वन’ निर्माताहरु तथा चलचित्र विकास बोर्ड समेतका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा प्रतिलिपी अधिकार ऐन बमोजिम उचित क्षतिपुर्ति दिलाई पाउँ भनि दायर गरेको मुद्दा फिर्ता लिने सहमति पनि भएको छ ।
चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ तथा नेपालभरका सम्पूर्ण हलहरुमा उल्लेखित ‘एक्टर–टेक वन’ चलचित्र आजकै मितिबाट प्रदर्शन हुने भएको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,