१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला टी २०आई श्रृंखला : नेदरल्याण्ड्सद्वारा नेपाललाई १५८ रनको लक्ष्य

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १५८ रनको बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो ।

नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक(एक विकेट लिए ।

नेपालले महिला टी २०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रनको हो । यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हुनेछ ।

नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरे । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन् ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected