२६ आश्विन २०८२, आईतवार
खेलकुद गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

टाइगर कप भलिबल : आर्मी रभारतको सुनिल क्लबको खेल स्थगित

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।

पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि भोलि हुने तालिका छ ।

यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्रप्रहरी बल एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो । महिलातर्फ भएको खेलमा एपिएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३–० र एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected