१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

राईजिङ भरतपुर गोल्डकपको उद्घाटन

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग समन्वय गर्न बागमती सरकार तयार रहेको बताए । उनले आगामी वर्षको बजेटमा चितवनको खेलकुद पूर्वाधार निर्माणको विषयलाई प्राथमिकता दिइने बताए । राज्यले खेलाडीहरुको उचित सम्मान गर्न नसक्दा विदेश पलायन हुन बाध्य भइरहेको भन्दै उनले आफ्नो कार्यकालमा खेलाडीको हितका लागि थुप्रै काम गर्ने योजना अघि सारेको प्रष्ट पारे ।
उद्घाटन खेलमा आँबुखैरेनी गाउँपालिका विजयी भएको छ । आँबुखैरेनीले पेन्गुईन् भरतपुर २४ लाई ३–२ ले हराएको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा आँबुखैरेनीलाई जिताउन योमी फाकुमे, शन्त बहादुर गुरुङ र आकाश थापाले गोल गरे । भरतपुर २४ का गणेश हमाल र आशिष तामाङले गोल गरे पनि हार टार्न सकेनन् । आँबुखैरेनीका कप्तान शान्त प्लेयर अफ दि म्याच भए ।
यो जितपछि आँबुखैरेनी प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही र सूर्यपुर एफसी कालिका भिड्नेछन् । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected