१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा

भक्तपुर, ११ माघ । नेपालमा पहिलोपटक हुन लागेका अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा भएको छ । यही माघ १२ गते शनिबारदेखि सुरु हुन लागेको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिता नेपालकै लागि नौलो भएको आयोजक फिट नेपालका प्रमुख  राजीव श्रेष्ठले जानकारी दिए।
फिट नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख श्रेष्ठले भक्तपुरको गुण्डुस्थित सुमेरु जङ्गल रिसोर्टबाट शनिबार बिहान ८ बजे सुरु भएर सूर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, गुण्डुको छेँडोलगायत क्षेत्र हँुदै पुनः सोही रिसोर्टमा आएर सम्पन्न हुने जानकारी दिए । ब्याकयार्ड अल्ट्रा नेपाल सात दशमलव ७०५ किलोमिटरको हुनेछ । यो खेल म्याराथुन जस्तै देखिएपछि यसको नियमहरु भने म्याराथुनहरु भन्दा धेरै फरक हुने उनले बताए ।
प्रतियोगितामा निर्धारित दूरी खेलाडीले बढीमा एक घण्टामा पार गर्नुपर्नेछ । यसका लागि खेलाडीले कम्तीमा १२ लुप अर्थात् १२ राउन्ड पार गर्नुपर्नेछ । एक घण्टामा एक राउन्ड पार गर्ने खेलाडीले बाँकी समय आराम गरेर पुनः अर्को राउन्ड सुरु गर्न सक्नेछ । एक घण्टामा राउन्ड पूरा गर्न नसक्ने खेलाडी स्वतः प्रतियोगिताबाट बाहिरिनेछ भने नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा २४ लुप अर्थात् २४ राउन्ड पार गर्नुपर्नेछ ।
ब्याकयार्ड अल्ट्रा नेपालमा अन्तिम खेलाडी जसले २४ लुप अर्थात् २४ राउन्ड पार गर्छ उसलाई विजेता घोषणा गरेर नगद पुरस्कार रु एक लाखसहित प्रमाणपत्र प्रदान गरिनेछ । यही प्रतियोगिताअन्तर्गत सोही दिन दोस्रो खेल छ किलोमिटरको फन रन पनि हुने भएको छ । उक्ते दूरी पार गर्नुपर्ने यसमा विजेताले नगद रु तीन हजार र ‘गिफ्ट भौचर’ प्राप्त गर्नेछन् ।
त्यसैगरी, १३ वर्षभन्दा मुनिको बालबालिकाका लागि दुई किलोमिटरको ‘फिट परिवार’ रन’को समेत आयोजना गरिएको छ । यसमा प्रतिस्पर्धी बालबालिकाले साथीका लागि १८ वर्षमाथिका एकजना अभिभावक सहभागी गराउनु पर्नेछ । यसमा पनि विजेतालाई नगद रु दुई हजार पुरस्कारसहित गिफ्ट भौचर प्रदान गरिने आयोजक श्रेष्ठले जानकारी दिए ।
यस प्रकारको प्रतियोगिता नेपालका लागि नौलो भएको र नेपालमा यसको विकास गर्दै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएकाले जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं कार्यक्रमका संयोजक दीपक थापाले बताए । प्राकृतिक सौन्दर्यताको अनुभूति लिँदै जङ्गलमा जङ्गली जनावर र चराचुरुङीको आवाज सुन्दै अवलोकन गर्दै सहभागिता जनाउने ब्याकयार्ड अल्ट्रा नेपाले शारीरिक र मानसिक रुपमा स्वस्थ्य बनाउने थापाले बताए ।
सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेयल लाजारोस लेकले सुरु गरेको उक्त प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्नेगरी विकास गर्ने लक्ष्य लिएको फिट नेपालका प्रमुख श्रेष्ठले बताए । प्रतियोगिताको सुरुआतसँगै टिम नेपाल–२०२५ को छनौट गर्ने र यो वर्ष भक्तपुर र पोखरामा दुई महिनाको अन्तरमा तीन–तीनवटा गरी छ वटा खेल हुनेछ ।
यसबाट विजेता खेलाडीले सन् २०२६ मा हुने टिम वर्ल्ड च्याम्पियनमा नेपालको टिमबाट सहभागिता गराइने बताउँदै उनले नेपाल टिमबाट सहभागिता जनाएर २४ लुपभन्दा बढी पार गर्ने खेलाडीलाई सन् २०२७ मा अमेरिकको टेनिसीमा प्रत्येक वर्षको अक्टोबरमा हुने विश्व च्याम्पियनसिपमा नेपालबाट सहभागी जनाउनेछ । यसअघि अमेरिकामा भएको प्रतियोगितामा बेल्जियमको खेलाडीले एक सय १० लुप पूरा गरी विश्व विजेता बनेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected