१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सभापति कप फुटबलः सङ्कटा क्लब विजयी

१० माघ, काठमाडौँ । राजधानीमा आजदेखि सुरु सभापति कप पुरुष फुटबल प्रतियोगितामा सङ्कटा क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा सङ्कटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाको जितमा अबेक रिर्चडले दुई गोल गरे भने चन्दन दासले एक गोल गरे । खेलको २३औँ मिनेटमै रिचर्डले सङ्कटालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ७०औँ मिनेटमा श्रीजन क्षेत्रीले चर्च ब्वाइजका कप्तान अनन्त तामाङलाई बिट गर्दै दिएको बललाई रिचर्डले नै जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७३औँ मिनेटमा चन्दन दासले गोल गरे । उक्त हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भोलि दिउँसो ३ बजे मछिन्द्र क्लब र विभागीय टोली एपिएफ कल्बबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २६ लाख तथा उपविजेता टोलीले रु १३ लाख प्राप्त गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected