१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकप फुटबलको मिति २ दिन पछि सर्याे

मकवानपुर । बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ ।
बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति २ दिन सारिएको जानकारी गराएका हुन् ।
यस अघि पत्रकार सम्मेलनमा नियमित क्यालेन्डर अनुसार फागुन १ गतेदेखि सुरु गर्ने भनिए पनि समय अभाव भएको भन्दै २ दिन पछि सारेर ३ गतेदेखि सुरु गर्ने भएको जनाएको छ । प्रतियोगिता बागमती –४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङशालामा हुनेछ ।
प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने छन् । प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected