१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पुष्पराज स्मृति टेबलटेनिस हुने

काठमाडौं । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा नं ११ का अध्यक्ष एवं प्रतियोगिता संयोजक अरोजकुमार खड्गीले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ ।
प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता सह–संयोजक नदिमरत्न शाक्यले जानकारी गराए । पुरुष/महिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब, इखाछें स्पोट्र्स र ललितपुर जिल्ला टेबलटेनिस संघले सहयोग गर्ने छन् । स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापन हुने तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित इलेभन स्टार क्लबमा हुनेछ ।
इन्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघाटका कारण शाक्यको निधन भएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected