१९ कार्तिक २०८२, बुधबार
अर्थ गण्डकी जीवनशैली मुख्‍य समाचार समाचार समाज

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

८ माघ, दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् ।

कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उसले बताए । उसले भने, कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम रु तीन सय ७५ देखि रु एक हजारसम्म बिक्री हुने गरेको छ । एक जना कैदीबन्दीले मुढा बुनेर रु चार हजारदेखि रु पाँच हजारसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन् । उसले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ, कैदीबन्दीले मुढा बिक्री गरेर घरमा खर्च पठाउने गरेका छन् ।

एउटा मुढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । अधिकारीले कैदीबन्दीलाई मागअनुसारको सीप प्रदान गर्ने गरेको बताए । उसले भने, “कारागारमा यत्तिकै दिन बिताउनुभन्दा केही न केही सीप हासिल गरेर आम्दानीनतर्फ जोड्ने प्रयासमा छौँ ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected