६ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

८० शाखा अधिकृत गाउँपालिकामा खटाइए (सूचीसहित)

६ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार नै नयाँ शाखा अधिकृतहरुलाई खटाइएको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत खटाउन सचिवस्तरीय निर्णय हुुनुपर्ने भएता पनि मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सहसचिव हेमराज तामाङलाई शाखा अधिकृतसम्मको सरुवाको जिम्मेवारी प्रत्यायोजन गरेका छन् ।

‘नयाँ शाखा अधिकृत सरुवा गर्दा लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र ६ महिना तालिम लिएकोलाई ४० प्रतिशत गरी एकमुष्ट योग्यता क्रम निर्धारण गर्‍यौं, त्यसपछि एकातिर रिक्त गाउँपालिकामा योग्यता क्रम अनुसार छान्न दिएर उनीहरुलाई गाउँपालिकामा पठाएका हौं’, उपसचिव राईले भने ।

मन्त्रालयका अनुसार अब प्रमुख प्रशासकीय अधिकृत रिक्त स्थानीय तहमा ४० भन्दा थोरै रहेको छ ।

कुन गाउँपालिकामा को पुगे ? 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।