१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तयार भयो सहिदस्मृति रङ्गशाला

२ माघ, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु चार करोड ५० लाख र करिब रु दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण भएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले रङ्गाशाला निर्माणमा नौ वडाकै स्थानीय, कर्मचारी र समाजसेवीलगायतले छ महिनासम्म प्रत्येक सार्वजनिक बिदामा श्रमदान गरेको बताए । उसले रङ्गशाला निर्माणपछि यहाँको खेलकुद विकासमा सहयोग पुग्ने बताए ।
जनप्रतिनिधि र स्थानियको  इच्छाशक्ति भएमा गर्न विकास निर्माण पनि गर्न सकिन्छ भन्ने उदाहरण यो रङ्गशाला बनेकोछ”, उसले भने, “पालिकासँग पर्याप्त बजेट नभएपछि श्रमदानका लागि आह्वान गरेका थियौँ ।” उसले रङ्गशाला निर्माणपछि एउटा खेलकुद एकेडेमी बनाउने पालिकाले निर्णय गरेको जानकारी दिए ।
रङ्गशालाको निर्माण पूरा भएसँगै आगामी फागुन १ गतेदेखि साताँै संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । उक्त प्रतियोगिताका यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected