१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कबड्डी लिग माघ ४ गतेबाट हुने

२९ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गते हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो ।

खेल अघि सोमबार काठमाडौंमा खेलाडी र पत्रकारबीच भेटघाट कार्यक्रम भएको छ ।

सोही क्रममा नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगरले नेपाल कबड्डी लिगको नेपालमा पहिलो पटक हुन लागेको हुनाले उत्साहित रहेको बताएका छन् ।

उनले भने, ‘धेरै नै उत्साहित छु नेपाल कबड्डी लिगको लागि किनभने नेपालमा पहिलो पटक यो कबड्डी लिग हुन लागेको हो । म २ वर्ष अगाडि यहाँ आउदा यति धेरै कबड्डीको क्रेज थिएन तर अहिले धेरै नै क्रेज देख्न पाएको छु । नेपाली खेलाडीहरुलाई पनि राम्रो सेवा सुविधा लिएको छ यसरी नै अगाडि बढाउने हो भने नेपालमा खेलको भविष्य छ ।’

एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन् ।  एनकेएलको उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्स विरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा ‘डेब्यु’ गर्नेछ ।

राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।

त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ ।फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected