२० फाल्गुन २०८२, बुधबार
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै महानगरपालिका, वडा नं. ७ मा फायर फाइटिङ पाइपलाइन जडान

२९ पौष, काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्र कुमार भुजेलले बताए ।

उनले भने, ‘साँघुरा गल्लिहरुमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्र्तगतका बजेटहरुबाट फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको हो । विभिन्न वडाहरुमा जहाँ दमकल जान सक्दैन । जसले आगलागि हुँदाखेरी आगो निभाउका निम्ती पानिको अत्यन्त आवश्यक हुन्छ । पानिलाई निकाल्नको निम्ती ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’

साथै उनले आगो  निभाउनका लागि धेरै गल्लिहरुमा ड्राइ राइजर राखिएको  बताए ।  उनले वडा नं। १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै  राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए  ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ ।  दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected