१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया गोल्डकपः जुनियरतर्फ १ र सिनियरतर्फ ३ फाइनल प्रवेश

बकैया । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर १ र सिनियर तर्फ ३ फाइनलमा प्रवेश गरेको छ ।
शनिबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा २ नम्बरलाई हराउँदै १ र ४ लाई हराउँदै ३ फाइनलमा प्रवेश गरेको हो ।
जुनियरतर्फ वडा नम्बर १ ले २ लाई ट्राइबेकरमा ३–१ ले पराजित गरेको हो । निर्धारित खेल समयमा गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको म्याच बोम्जन बिक्रम लामा भए ।
यस्तै सिनियरतर्फ वडा नम्बर ४ लाई १–० गोलले पराजित गर्दै बकैया–३ को फाइनल प्रवेश गरेको हो । वडा नम्बर ३ को जीतमा रोमन घलनले खेलको ७१ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्याच बोम्जन रोमन घलन भए ।
त्यस्तै शनिबार भएको खेल वडा नम्बर ९ लाई हराउँदै ५ नम्बर सेमिफाइनलमा प्रवेश छ । निर्धारित खेल समयमा १–१ गोलको बराबरी खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको म्यान अफ म्याच ९ का गोलरक्षक रोमन वाईबा घोषित भए । अब वडा नम्बर ९ ले ६ संग फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected