२० माघ २०८२, मंगलवार
राजनीति समाज

सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान

४ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ ।

ललितानिवास जग्गा प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री जोशीलाई बोलाएर सीआईबीले बयान लिएको हो । ब्यूुरोबाट दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेका थिए ।

त्यसपछि उनको बयान लिइएको हो । पक्राउ पूर्जी जारी भएपछि अनुसन्धान अधिकृतलाई थुनामा राखिराख्नु पर्ने नलागेपछि उनलाई छाडिएको ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए ।

पूर्वभूमिसुधारमन्त्री जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि प्रतिवादी थिए । त्यसबेला अदालत हाजिर भएर उनी तारेखमा छुटेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व