१४ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

६० किलाे तस्करीकाे सुन २४ क्यारेट

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।

स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन २९ साउनमा टक्सार विभागले गालेको थियो ।

१५५ किलो कुल तौलको ‘ब्रेक सु’सहितको सुन छुट्याएर गाल्दा ६० किलो ७६१ ग्राम निस्किएको थियो । ‘सोही सुनको टच जाँच गर्दा गुणस्तर पत्ता लागेको हो,’ टक्सार विभाग स्रोतले भन्यो, ‘उक्त सुन ९९.९९ प्रतिशतको उच्च गुणस्तरको रहेको पाइयो ।’

उक्त सुनलाई अब राष्ट्र बैंकले सरकारसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मूल्यमा ५ प्रतिशत रकम थप गरेर खरिद गर्ने विभागले जनाएको छ ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व