१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

राखेपका नवनियुक्त सदस्यको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राखेपका नवनियुक्त आठ सदस्यलाई आइतबार स्वागत गरेको छ ।
पुस ९ गते मन्त्रिपरिषद् निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच स्वागत गरिएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरूलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकामा बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनै पनि प्रतियोगिताको नियमित निरन्तरता अत्यावश्यक भएको बताउँदै कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।
सदस्य नन्दाले दोस्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्किएको आभास भएको बताउँदै विगतका कमीकमजोरीलाई सच्च्याउँदै खेलकुदलाई नयाँ उचाइँमा पु¥याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सदस्य भानबहादुर चन्दले नियुक्तिले जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।
कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected