१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

एमालेको अपानि : तीन अग्रज बाहेक ओलीको मात्र फोटो प्रयोग गर्नू

१ भदौ, काठमाडौं। नेकपा एमालेले पार्टीका कार्यक्रमहरुमा अग्रज तीन नेता बाहेक अध्यक्षको मात्र फोटो प्रयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयले शुक्रबार पठाएको अन्तरपार्टी निर्देशन (अपानि) मा सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनको विषय समेत उल्लेख छ । सार्वजनिक कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएको भन्दै एमालेले अबदेखि पार्टी र जनसंगठन कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय भएको उल्लेख छ ।

एमालेले तीन अग्रज संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीको फोटो प्रयोग गर्ने गरेको छ । अब उनीहरु बाहेक अध्यक्ष केपी ओलीको मात्र फोटो प्रयोग हुनेछ ।

एमालेले कार्यक्रममा मञ्च वक्तामा मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरुलाई दर्शकदीर्घामै राख्न र आसन ग्रहण गर्ने परम्परा अन्त्य गर्ने निर्णय गरेको छ ।

व्याच, माला, खादाको अनावश्यक प्रयोग नगर्न र भड्किलो नबनाउन समेत अपानिमा निर्देशित गरिएको छ ।

एमालेले चुनावका बेला बागी विद्रोही भई कारबाहीमा परेका नेताहरुले आत्मालोचना गरे सदस्यता नवीकरण गर्ने समेत निर्णय गरेको छ । ‘अन्तरघात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नहरुलाई भने सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने छ’ अपानिमा भनिएको छ ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।