२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाज

कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

३२ साउन, काठमाडौं । मौसममा केही सुधार भए पनि आज देशका केही ठाउँमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २४ घण्टामा ५० भन्दा धेरै र १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।

बाँकी प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको महाशाखाले जनाएको छ ।

बिहान गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो पनि केही ठाउँमा वर्षा जारी हुनेछ ।

केही ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन सरोकारवाला निकायले अनुरोधसमेत गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व