Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

रातो कागज
8 महिना अघि

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।
मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।
उनले भने,‘खेलकुदको माहोल हुँदाहुँदै पनि सरकार, मन्त्रालय, परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर कानून नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथिहरु निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’
‘उचाइको नयाँउडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया