१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।
मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।
उनले भने,‘खेलकुदको माहोल हुँदाहुँदै पनि सरकार, मन्त्रालय, परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर कानून नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथिहरु निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’
‘उचाइको नयाँउडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected