२० माघ २०८२, मंगलवार
खेलकुद

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला

३१ साउन, टक्सार । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए पनि रङ्गशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव सफल किरातले बताए ।

उनले भने, ‘प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ ।’

प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रङ्गशालाको निर्माण कार्य भइसकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माण गरेको हो ।

करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीयवासी सुवेन्द्र महतले बताए ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेलमैदानको समस्या दीर्घकालीन रूपमा समाधान भएको भए पनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाइ छ ।

‘रङ्गशाला निर्माणका लागि कृषियोग्य जमिन मासिएको छ, राज्यको करोडौँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला लथालिङ्ग अवस्थामा छाड्नु कतिको जायज हुन्छ ?’, उनले भने, ‘निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाड्ने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ?’

रङ्गशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रङ्गशाला निर्माण भएको उल्लेख गर्दै खेल अभियन्ता विनम श्रेष्ठले भने, ‘खेलमैदान सानो हुँदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, करोडौँका लागतमा बनेको रङ्गाशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन ।’

स्थानीय युवा तुफान किरातले भने, ‘जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रङ्गशाला निर्माण पनि भएको छ, अब सञ्चालनको वातावरण कसले मिलाउने हो ?’ विभिन्न निकायमा रङ्गशाला प्रयोगका विषयमा कुरा उठाउँदा सुनुवाइ नभएको किरातको गुनासो छ ।

उचित भौतिक संरचनाको निर्माण कार्य नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए ।

नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी भोजपुरका नै भएको अवस्थामा जिल्लामा व्यवस्थित रङ्गशालाको भने अभाव थियो ।

भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचना जिल्लामा निर्माण हुने क्रम बढेको बताए । सुवालले बनेका संरचना सञ्चालनमा आउने र बन्न बाँकी संरचना सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected