१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

स्वदेश आइपुग्यो यू–१९ महिला क्रिकेट टोली

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।

शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो । काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए । उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो  प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे ।

उनले भने, ‘जति राम्रो  गर्नुपथ्र्यो त्यो  गर्न सकिएन । तर  पाकिस्तान जस्तो  बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो । अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ ।  तर  आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो  प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ ।’

एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो । नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए ।

समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो ।

सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।

 

 

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected