११ मंसिर २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार हो : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताएका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताएका हुन् ।
उनले भने, ‘सबैभन्दा ठूलो चुनौतिको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचेअनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६÷२७ अर्ब हुन्छ ।’
मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उनले बताए । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए ।
यसैगरी नेपाल क्रिकेट संघ क्यान का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताएका छन् । उनले क्रिकेटका लागि टीयू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको बताए । उनले मुलपानी, गौतमबुद्धलगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘सुरुवाती चर्चाजस्तै पूर्वाधार, टियू मैदानको पूर्वाधारले पुगेन । मुलपानी कछुवाको गतिमा भयो, गौतमबुद्ध भएन । सुदूरपश्चिम र मधेशमा त गतिलो चौर पनि छैन ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected