१८ कार्तिक २०८२, मंगलवार
प्रवास बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विदेशी लगानीकर्तालाई उत्साहित र स्वदेशीलाई निरुत्साहित गर्ने प्रवृत्ति हाबी भयो

७ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले  महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा भएको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा बोल्दै उनले विदेशी लगानीकर्ताको सवालमा नेपाल आउने, काम गर्ने तर २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न गरेको उदाहरणहरु रहेको बताए ।

नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भएको भन्दै नेपालका उद्योगपति एवम व्यापारीहरु लगानीको अवसरबाट वन्चित हुने अवस्था आउने खालका विद्येयक ल्याउन नहुने धारणा राखे ।

उनले भने,‘नेपालमा विद्युत थोरै भएतापनि निर्यात गर्ने ठाउँमा पुगेको छ  । यस्तो बेला नेपालका लगानीकर्ताहरुलाई निरुत्साहित हुने र विदेशीमात्र आएर उत्साहित हुने वातावरण सृजना भयो भने नेपालका उद्योगपति व्यापारीहरु लगानीको अवसरबाट बन्चित हुने अवस्था विद्येयकबाट नहोस भन्ने धारणा हो । कतिपय आयोजनाहरु कस्ता छन् भने नेपालमा लगानी गराइदिने विदेशीहरु आउने काम गर्ने २० करोडमा सम्पन्न हुने आयोजना ६० करोडमा सम्पन्न भएको उदाहरणहरु छन् । मंहगा आयोजनाहरु त्यसमा पनि विदेशी कम्पनीहरुले आएर गर्ने स्वदेशीहरु निरुत्साहित हुने प्रवृत्तिको विकास भएको छ ।’

त्यस्तै ,सांसद रघुजी पन्तले अहिलेको युगमा विद्युतलाई केवल व्यापारको रुपमा  मात्र नभई राष्ट्रिय सम्पत्ति र शक्तिको रुपमा पनि बुझ्नुपर्ने बताए ।

उनले भने,‘अहिलेको युगमा विद्युत भनेको केवल विद्युत मात्र होइन । विद्यतु भनेको एउटा राष्ट्रिय सम्पति पनि हो । शक्ति पनि हो । त्यसलाई विद्युतीय व्यापारको रुपमा ,पैसा आउने रुपमा मात्र हेर्नु हुँदैन् । विद्युत बाहिर बेच्न भन्दा पनि देशभित्र विद्युत बढि भन्दा बढि कसरी खपत गर्न सकिन्छ । त्यसमा सरकारको ध्यान जान जरुरी छ ।’

उनले नेपालको विद्युतको बजार भारतमा मात्र सिमित भयो भने अप्ठ्यारोमा पर्न सकिने भन्दै चीनसँगपनि विद्युत बेच्ने पहल गर्नुपर्ने बताए ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected