१० पुष २०८२, बिहीबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरू जित्दै गएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर सुरक्षित भएको हो, कोरोनालगायत विश्वव्यापी समस्यामा पनि बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै आज हामी सुरक्षित छौं ।’

साथै गर्भनर अधिकारीले पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढिरहेको बताए । उनले कयौं उतारचढाव र चुनौतीका बाबजुद नेपालमा बैंकिङ क्षेत्र स्थिर रहेको दावी गरे ।

उनले भने, ‘ऋणको साँवा–ब्याज उठ्न गाह्रो भइरहेको छ । यद्यपि, प्रोभिजन बलियो भएकाले बैंकलाई सुरक्षित बनाउन मद्दत पुगेको छ । प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको छ , भूकम्प, कोरोना महामारी जस्ता चुनौती भोग्नु प¥यो, तर राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न काम गरिरहेको छ । यस्ता कयौं कठिन परिस्थितिमा पनि कुनै ठूलो क्षति हुन दिएनौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र