Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई

रातो कागज
8 महिना अघि

काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाई गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया