२६ फाल्गुन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।

लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected