२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमको लागातार दोस्रो जीत, काठमान्डु गोर्खाजलाई ७३ रनले हरायो

२० मंसिर, काठमाडौं । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनपीएल मा लगातार दोस्रो जित हात पारेको हो ।

नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५।५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।

नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए ।

नरेन बाहेक अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट लिए । यस्तै ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान १ विकेट लिए ।

काठमान्डुका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे ।
बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको थियो ।

म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए । सैफ जैबले ११ रन जोडे ।
काठमान्डुका रासिद खानले २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र एरासमसले १/१ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected