१० पुष २०८२, बिहीबार
अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा बेटिङ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले चार जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार चारै जना भारतीय नागरिक हुन्। दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार पक्राउ गरेको हो।

‘आज बिहान पनि जारी खेलमा बेटिङ गरिरहेको अवस्थामा पक्राउ गरेका हौं। सिआइबीमा ल्याउँदैछ,’ उनले भने।

सोमबार पक्राउ परेका सुबास भोस र अमित यादव छन्। उनीहरूले स्पोर्ट्स बाजी र प्रोबो भन्ने एपबाट बेटिङ गरेको खुलेको थियो।

एनपिएलमा बेटिङ हुने आशंकामा सिआइबीको टोली कीर्तिपुरमा परिचालन भएको छ। पक्राउ परेकाहरूमाथि सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान हुने प्रहरीले जनाएको छ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected