१० पुष २०८२, बिहीबार
अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

कर्णालीविरूद्ध सानदार विजयसँगै जनकपुरको लगातार दोस्रो जित

मंसिर १७, काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत जनकपुर रोयल्सले लगातार दुई खेलमा जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले कर्णाली याक्सविरूद्ध ८ विकेटको जित निकाल्यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।

कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा १५।१ ओभरमा पूरा गर्‍यो।

कर्णालीका जितमा कप्तान अनिलकुमार साहले अर्धशतक प्रहार गरे। उनले नटआउट ६१ रन जोडे। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै जिमी निशमले ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए।

अर्का ओपनर आसिफ शेखले ३६ रन जोडेका थिए। उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे। उनलाई कर्णालीका मौसम ढकालले देव खनालबाट क्याच गराए।

तेस्रो नम्बरमा ब्याटिङ गरेका लाहिरू मिलान्थाले जिशन मक्सूदको एलबिडब्लूको धरापमा पर्नुअघि १३ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।

अन्तिम दुई बल बाँकी हुँदा रनआउट भएका अर्जुन घर्तीले २२ बलमा ३३ रन र सोमपाल कामीले १३ बलमा नटआउट २९ रन जोडे।

अर्जुनले १९औं ओभरमा जनकपुरका हर्ष थाकरलाई २२ रन प्रहार गरेका थिए। उनले त्यसका लागि दुई चौका र दुई छक्का प्रहार गर्दा एक पटक दुई रन लिए। अन्तिम ओभरमा कप्तान सोमपालले जिमी निशमलाई २१ रन प्रहार गरे। सोमपालले तीन चौका र एक छक्का प्रहार गरे।

अर्जुन र सोमपालबीच सातौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।

त्यसअघि कर्णालीले सुस्त सुरुवात गरेको थियो। उसले १८ ओभरसम्ममा ९६ रन जोड्दा ६ विकेट गुमाएको थियो।

ओपनर देव खनालले दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट बोल्ड हुनुअघि पाँच बलमा एक रन मात्र जोड्न सके।

उनका ओपनिङ पार्टनर भारतीय ब्याटर शिखर धवनले १४ रन भन्दा बढी जोड्न सकेनन्। पाँचौं ओभरमा जनकपुरका क्यानेडियन बलर हर्ष थाकरबाट बोल्डहुनुअघि उनले १४ बलमा ३ चौका प्रहार गरे।

त्यसपछि चाडविकेट वाल्टन मोहमद मोसिनको एलबिडब्लूको धरापमा परे। वेस्ट इन्डिजका विकेटकिपर ब्याटर वाल्टनलाई अमेरिकामा बसेर क्रिकेट खेल्ने पाकिस्तानी मूलका बलर मोहमद मोहसिनले सातौं ओभरमा पेभिलियनको बाटो देखाए।

अर्को ओभरमा जिमी निशमले जिशन मक्सूदलाई पनि शून्यमा एलबिडब्लूको धरापमा पारेका थिए। त्यसपछि बाबर हायत र गुल्सन झाले कर्णालीको रन बढाउन कोशिस गरे।

तर बाबर १४ ओभरम २५ बल खेलेर १२ रन मात्र जोडेर आउट भए। उनले कुनै बाउन्ड्री हान्न सकेनन्। गुल्सन झाले ३६ रन जोडे। १६औं ओभरमा किशोर महतोबाट बोल्ड हुनुअघि उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा जनकपुरका मोहसिनले २ विकेट लिँदा किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जिमी निशसले एक एक विकेट लिए।

एनपिएलमा भोलि पनि दुई खेल हुँदैछन्। विहान नौ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दिउँस एक बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected