२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

काठमाडौं गुर्खाजबाट चितवनलाई एकसय १२ को लक्ष्य

१७ मंसिर, काठमाडौं । शनिबारबाट सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई एकसय १२ को लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका थिए ।

शनिवारबाट सुरु लिगमा आज दुई खेल हुँदैछ । सोमबार हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रन बनाएको हो ।

काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।

काठमाडौंको पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।

चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected