१० पुष २०८२, बिहीबार
अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गार्हो भएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए ।

उनले भने, ‘मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गा¥हो छ । अघिल्लो वर्षको बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती छैन् । पुँजीगत हेर्ने हो भने अघिल्लो वर्षको धेरै कम पुँजीगत खर्च भएको छ ।’

यस्तै, उनले यसवर्ष पनि बजेट तीन अर्ब ५० करोड मात्र आएको भन्दै त्यही बजेटबाट कामहरु अगाडि बढेको बताए ।

उनले भने, ‘यसवर्षको बजेट हेर्ने हो भने तीन अर्ब ५० करोड मात्र छ । त्यस मध्ये पुँजीगत बजेट धेरैमा डेढ अर्ब छ । यसमा ६० करोड रुपैयाँ दशौँ राष्ट्रिय खेलकुद कर्णाली, पाँच करोड पारा खेलको लागि, ५० करोड रुपैयाँ मूलपानीको राष्ट्रिय गौरवको योजनाका लागि, २० करोड किर्तिपुर रंगशाला बनाउनका लागि, अरु साना साना बजेट छन् ।’

बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल भएको थियो भने मन्त्रीलगायत मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्को पनि उपस्थिती रहेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected