१८ कार्तिक २०८२, मंगलवार
अर्थ खेलकुद फिचर (Main Feature) मुख्‍य समाचार समाचार समाज

टियू मैदानबाट क्रिकेटप्रेमीको सन्देश : ‘क्रिकेटको भविष्य उज्वल छ, सबैलाई समर्थन’

काठमाडौं । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपीएल)लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ ।

सिमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उदघाटन खेल सुरु हुनु तीन घण्टा अघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए ।

उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुने भएकाले आ–आफ्ना टिमका समर्थकहरु प्ले कार्ड र खेलाडीका तस्विरहरु बोकेर मैदान परिसरमा देखिन्थे ।  खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नु छ ।

विश्वचर्चित खेलाडीहरुको आगमनले एनपीएलको क्रेज थप बढेको छ । नेपाली क्रिकेटप्रेमीहरु विशेषगरी स्टार खेलाडीहरुको समर्थनमा मैदानमा आएको प्रतिक्रिया दिएका छन् ।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

यता, विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेप्रति दर्शकहरुको क्रेज तुलनात्मक रुपमा बढी देखिएको छ ।

मैदान परिसरमा भेटिएका दर्शकहरुले टिम र खेलाडीका बारेमा प्रतिक्रिया दिएका छन् । मैदान परिसरमा भेटिएका दर्शक संजिता नेपालले विरानगरको समर्थनका लागि खेल हेर्न आएको प्रतिक्रिया दिए ।

‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ । टिममा प्राय लोकल खेलाडीहरु भएका हुनाले उहाँहरुले राम्रो खेल्नुहुन्छ भन्ने विश्वास छ,’उनले भने ।

अर्का दर्शक विवेक धितालले विराटगरको समर्थनमा आएको प्रतिक्रिया दिए । ‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ तर टिकटबारे अन्योलता छ । टिकट कहाँबाट लिने हो कहाँबाट हेर्ने हो केही थाहा छैन्,’उनले भने,‘जे होस म क्रिकेटको ठूलो फ्यान हुँ ।’

जनकपुरको समर्थनमा आएका ऋषि कुमार महतोले टिममा धेरै राम्रा खेलाडीहरु रहेको प्रतिक्रिया दिए । उनी भन्छन्,‘सबैले जनकपुरलाई सपोर्ट गरिदिनुहोला ।’ मैदानमा भेटिएका अधिकांश क्रिकेटप्रेमीहरुले सन्दिप लामिछाने आबद्ध विराटगरप्रति सहानुभूति देखाएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected