१८ कार्तिक २०८२, मंगलवार
अर्थ खेलकुद प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा स्योरेन्स कम्पनि लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको छ ।
सलिको र रोयल्स बीचइन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रम माझ सम्झौता भएको हो । सम्झौतापत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रम्कुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।
सिइओ खड्काले सलिकोसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ’सलिकोको विश्वास र भरपर्दो प्रतिवद्धता हाम्रो मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । हामीलाई केवल मैदानमा मात्र होइन, हाम्रो भविष्यलाई पनि सुरक्षित बनाउन मद्दत पुर्याउँछ । हामीएक साथमिलेर सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाइमा पुर्याउने एक बलियो र विजयी साझेदारी निर्माण गर्दैछौं,’उनले भने ।
सिइओ क्षेत्रीले खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण सिर्जना गर्न यो सहकार्य गरिएकोमा जोड दिए । ’हामीले टिमको हरेक सदस्यको विमा व्यवस्था गरेका छौं । यसले खेलाडीहरु निर्धक्क रुपमा खेल प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएरका छौं । यस सहकार्यलाई हामीले सुरुवातको रुपमा लिएका छौं र आउने दिनमादयारा अझ फराकिलो हुँदै जानेछ,’उनले थपे ।
सुदूरपश्चिम रोयल्सले यस अघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, ट्राभलपार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौतापनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएलहुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्र सिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राडहज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected