११ पुष २०८२, शुक्रबार
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना

९ मङ्सिर, काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको छ ।

आइतबार एक विशेष कार्यक्रमकाबीच ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको हो ।

सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्दधन गर्ने उद्देश्य राखेको छ । साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्याउनेछ ।

प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष उपाध्यक्ष निर्वाचित साथै संचालक सदस्यहरुको उपस्थिति थियो । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालयको उद्घाटन जापानी दुतावासका मिशन उप–प्रमुख तामुरा ताकाहिरोले गरेका थिए ।

यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने जनाएको छ । सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले रु. १०,००० शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन् । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानूनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिनेछ ।

चेम्बरको कोष सदस्यता शुल्क, अनुदान, तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ । कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिनेछ । नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ, नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजले  सहकार्यका लागि अपिलसमेत गरेको छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected