१४ माघ २०८२, बुधबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

विराट कोहलीको टेस्ट करियरको ३० औं शतक

९ मङ्सिर, काठमाडौं । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् ।

उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् ।  भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७÷६ मा आफ्नो इनिङ्स घोषणा गरेको थियो । योसँगै अष्ट्रेलियालाई ५३४ रनको लक्ष्य प्राप्त गरेको छ ।

रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा १२ रनमा ३ विकेट गुमाएको छ । उस्मान ख्वाजा ३ रनमा नटआउट रहेका छन् । मार्नस लाबुसचेन ३, कप्तान प्याट कमिन्स २ र नाथन म्याकस्विनी खाता नखोली नै पभेलियन फर्किएका थिए ।

जसप्रित बुमराहले २ र मोहम्मद सिराजले एक विकेट लिए । भारतीय पारिमा जैसवाल–कोहलीबाहेक नितिश रेड्डी ३८ रन बनाएर नटआउट फर्किए । वासिङ्टन सुन्दरले २९ रन, देवदत्त पडिक्कलले २५ रन र केएल राहुलले ७७ रन बनाए । नाथन लियोनले २ विकेट लिए ।

बिहान १७२ रनको स्कोर बनाएर तेस्रो दिनको सुरुआत भारतले गरेको थियो । पहिलो इनिङ्समा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो भने भारत १५० रनमा समेटिएको थियो । पहिलो पारिको स्कोरका कारण भारत ४६ रनले अगाडि रहेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected