१९ कार्तिक २०८२, बुधबार
समाज

सीआईबीले भन्यो : सुनिल शर्माको आईएस्सीको सर्टिफिकेट नक्कली भएको आशंका छ

२५ साउन, काठमाडौं । प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ ।

मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन चार्ली फोक्टर अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन् । ‘पुरानो केसहरु हेरेर अनुसन्धान भइरहेको थियो, त्यसकै निरन्तरता हो, सुनिल शर्माको हकमा अहिले पुष्टि भएपछि छानबिनको दायरामा ल्याएका हौं’ उनले भनिन् ।

सीआईबीले शर्मा पक्राउ परेकोबारे संघीय संसद सचिवालयलाई लेखेको पत्रमा उनको आईएस्सीको प्रमाणपत्रलाई राष्ट्रिय परीक्षा बोर्डले पुष्टि नभएको उल्लेख गरेको बताएको छ ।

सीआईबीका अनुसार शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो । उनले भारतको कलेजबाट ल्याएको प्रमाणपत्र नक्कली भएको प्रहरीको दाबी छ । ‘सम्बन्धित कलेजमा सोध्दा हाम्रो रेकर्डमा छैन भन्ने जानकारी आएको छ’ सीआईबी स्रोतले भन्यो ।

यो प्रकरणमा प्रहरीले सुनिल शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व