१४ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा

६ मङ्सिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

उनी दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन् । यस्तै इंग्ल्यान्डका लायम लिभिङ्गस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष र इंग्ल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

यस्तै टी–२० बलिङ वरीयतामा इंग्ल्यान्डका अदिल रशिद शीर्ष र श्रीलंकाका वानिन्दु हसरांगा दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected