१४ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

युइएफए नेसन्स लिगमा सान मारिनोको नयाँ इतिहास

४ मङ्सिर, काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा कमजोर मानिएको टोली सान मारिनोले युइएफए नेसन्स लिगमा नयाँ इतिहास बनाएको छ ।

सोमबार भएको खेलमा ऐतिहासिक प्रदर्शन गर्दै लिकटेन्स्टाइनलाई ३–१ ले पराजित गरेपछि नेशन्स लिगको (लिग सी) मा प्रवेश गरेको छ । यो सान मारिनोको दोस्रो प्रतिस्पर्धात्मक जित हो । सान मारिनो १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ऐतिहासिक सफलता हासिल ग-यो ।

भाडुजस्थित राइनपार्क स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा लोरेंजो लाजारी, अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोला नानीको पेनाल्टीको मद्दतले सान मारिनोले अप्रत्याशित जित दर्ता गरेको हो । खेलको ४० औं मिनेटमा एरेन सेलेले गोल गर्दै लिकटेन्स्टाइनलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सान मारिनोले बराबरी गोल गरेको थियो । लोरेंजो लाजारीले बराबरी गोल गरेका थिए । त्यसपछि ६६ औं र ७६ औं मिनेटमा अलेस्सान्ड्रो गोलिनुचिको गोल र निकोला नानीले पेनाल्टीमा गोल गरेपछि खेल सान मारिनोको पक्षमा गयो । रेफ्रीले फाइनल ह्वीसल गरेपछि सान मारिनोका खेलाडीहरू मैदानमा खुसीयाली मनाउन दौडिएका थिए ।

सान मारिनोले यसअघि सेप्टेम्बरमा लिकटेन्स्टाइनविरुद्ध आफ्नो पहिलो प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । यो नतिजासँगै समूह डी–१ को शीर्ष स्थानमा रहँदै लिग सी मा सान मारिनो उक्लिएको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected