१३ माघ २०८२, मंगलवार
जीवनशैली मुख्‍य समाचार समाचार समाज

पोखराका प्रेमप्रसादको एकीकृत कृषि

२ मङ्सिर, गण्डकी । पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ । बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उसलाई चिन्ता लाग्दैन ।
प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उहाँको एकीकृत कृषिप्रतिको लगाब र मेहनत हो । पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिहनुभएका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहनुभएको छ । गोठमा भैँसीपालन गरिहनुभएका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहनुभएको छ भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहेको छ ।
सुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उसको भनाइ छ । उसले भने, “विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।”
आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए । त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उसले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए ।
अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे । लोकल कुखुरापालन पनि गरिरहनुभएका उसले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ ।
व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उसले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए । परिवारको सहयोगसँगै उसले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएको छ । “मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ”, उसले भने, “एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु ।”
उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे । सुरुमा रु १० लाखबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उसले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए । उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उसको भनाइ छ ।
अघिल्लो वर्ष रु एक लाखको साग, रु एक लाखको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए । धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उसले अनुभव सुनाए । गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर रु एक लाख ५० हजार आम्दानी भएको उसले जानकारी दिए ।
अधिकारीले गरेको एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । “पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गरेको छ”, उसले भने, “घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।”
“हाम्रो परिवेशमा एउटै किसानको सयौं रोपनी जग्गा हुने अवस्था पनि छैन”, कडरियाले भने, “थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।”

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected