२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाज

टिआईए अन्तर विद्यालय बास्केटबलमा क्वाटरफाइनल पुग्ने टोलीको टुंगो

२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १६ औं संस्करणको टिआई अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

प्रतियोगिता अन्तर्गत छैटौं दिनको खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो ।

ब्वाइजतर्फ टिआईए ए र सेव, निम्स र एचएचसीए, ज्ञान निकेतन र ज्ञानोदय तथा भ्याली पब्लिक र ग्रीनल्याण्ड अन्तिम ८ मा पुगेका हुन् ।

यसैगरी गल्सतर्फ भ्याली पब्लिक र डेफोडिल, निम्स र हिमरश्मी, दिक्षालय र भक्तपुर निष्टका साथै एनसीसीएस र ग्रीनल्याण्डले पनि अन्तिम ८ मा स्थान बनाएका हुन् ।

शनिबार भएको समूह चरणको खेलमा सेब विजयी भएको छ । ब्वाइजतर्फ सेबले बीएनएलाई ३८–१९ को स्कोर गरेको थियो । यो खेलमा पाल्टेन तामाङले सर्वाधिक १० स्कोर गरेका थिए ।

अर्को खेलमा ग्रीनल्याण्डले गेटवेलाई ७२–५२ को स्कोरमा पराजित गरेको छ । ग्रीनल्याण्डका प्रविण गुरुङले सर्वाधिक २५ स्कोर गरे ।

त्यसैगरी भ्याली पब्लिकले निस्टलाई ३३–२२ को स्कोरमा पराजित गरेको छ । निष्टका अनिमेष अधिकारीले सर्वाधिक स्कोर गरिन् ।

यसैगरी गल्सतर्फ काष्टमण्डपलाई ग्रीनल्याण्डले २९–२१ को स्कोरमा पराजित गर्न सफल भयो । यसमा विहानी राईले १० स्कोर गरिन् ।

त्यसैगरी निष्टले हिमरश्मीलाई ३७–२१ को स्कोरले पराजित गरेको छ । खुसी अधिकारीले सर्वाधिक ६ स्कोर गरिन् ।

चाँदवाघलेले आयोजक टोली टिआइएलाई पराजित गरेको छ । चाँदवागले टिआईएलाई १७–१३ को स्कोरमा पछि पारेको हो । ऐश्वर्याले सर्वाधिक ६ स्कोर गरिन् ।

त्यस्तै अर्को खेलमा टिआइएको बी टिम पनि पराजित भएको छ । टिआइए बी दिक्षालयसँग १५–२२ को स्कोरमा पराजित भएको हो । पुष्पा शेर्पाले ८ स्कोर गरिन् ।

शनिबारको खेलसँगै अन्तर विद्यालय बास्केटबलको क्वाटरफाइनल पुग्ने टिमको पनि टुंगो लागेको छ ।

प्रतियोगिता अन्तर्गत स्टाफतर्फ चेल्सी, मिल्सवेरी, भ्याली पब्लिक र टिआइए सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेल सोमबार हुने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected