६ चैत्र २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार ‘एक्रोब्याटिक’ गोल गर्दै टिमको फराकिलो जित निश्चित गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै पाँच गोल पोर्चुगलले दोस्रो हाफमा गरेको दबाबपूर्ण प्रदर्शनमा संभव भएको थियो ।

राफाएल लियाओले हेडर मार्फत पोर्चुगलले ५९ औं मिनेटमा सुरुवाति गोल गरेको थियो । यसबाहेक, आर्सनल डिफेन्डर याकुब किभियोरले पेनाल्टी एरिया भित्र फाउल गरेपछि पोर्चुगललाई पेनाल्टी दिइयो । रोनाल्डोले उक्त बललाई बललाई जाली चुमाउँदै टिमको अग्रता दोब्बर बनाए ।

यो जितसँगै पोर्चुगल लिग ए को समूह १ को विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।

 

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected