१३ माघ २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाज

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ’नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ । फ्रेन्चाइज क्लबहरुमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदुरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौं,’ खड्काले भने ।

कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ’हामी सुदूरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौं । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं,’ उनले भने ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । यसका लागि सुदूरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected