१३ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा भाग लिइनेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्किएको छ ।
च्याम्पियनसिपमा पदक विजेता बडीबिल्डरहरु रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बडीबिल्डररजनी श्रेष्ठले केटीहरु पनि पुरुषहरु भन्दा कम छैनभनेर देखाउनको लागि एकदमै ठूलो अवसर प्राप्त भएको भन्दै खुसि व्यक्त गरेकी छन् ।
उनले भनिन्, ‘महिलाहरु घरमै सिमित नभएर बाहिर गएर पुरुष सरह काम गर्न सक्ने रैछौं । हाम्रो देश नेपालको नाम बाहिर लगेर चिनाउन सक्ने रहेछौंहामी पुरुषहरु भन्दा कम छैनांै भनेर देखाउनको लागि एकदमै ठूलो अवसर प्राप्त भएको छ । यसरी भाग लिन पाउँदा एकदमै खुसि पनि लागेको छ ।’
नेपालका तीन बडीबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जितेका छन् ।
विश्व बडीबिल्डङ एन्ड फिजिक स्पोर्टस् फेडरेसन्ससँगको सहकार्यमा बडीबिल्डिङ एसोसिएसन अफ मालदिभ्सद्वारा मालेमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ केजीमाथि दोस्रो स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा नेपालका ६ खेलाडीले सहभागिता जनाएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected