१३ माघ २०८२, मंगलवार
खेलकुद समाचार समाज

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए । नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।

नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected