१३ माघ २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

सिस्नेरी फुटबल एकेडेमीका किशोर खेलाडीहरुको निधनको ४५ औं पुण्यतिथिमा श्रृद्धाञ्जली सभा

काठमाडौं । श्रृद्धाञ्जली सभा ‘हाम्रो अभियानः नेपाली फुटबलमा आमुल परिवर्तन’ नामक संस्थाको उपत्यका समन्वय समितिले सिस्नेरी फुटबल एकेडेमीका किशोर खेलाडीहरुको निधन भएको ४५ औं दिनको पुण्यतिथिमा श्रृद्धाञ्जली सभाको आयोजना गरेको छ ।

सोमबार ललितपुरको कुपण्डोलमा  समितिले प्राकृतिक प्रकोपमा परि दिवंगत भएका ६ जना खेलाडीहरुको ४५ औ पुण्यतिथिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

श्रृद्धाञ्जली सभामा निधन भएका किशोर खेलाडीहरुको आफन्त, आयोजक संस्थाका पदाधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान र पूर्वपदाधिकारी, विभिन्न क्लबका पदाधिकारी, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना किशोर खेलाडीको निधन भएको थियो ।

घटनामा मृत्यु भएका ६ जना बाल फुटबल खेलाडी आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आयार्च, दिवस बानियाँ, अनुपम घलान र साइमन योञ्जनको निधन भएको थियो। श्रृद्धाञ्जली सभामा पहिरोमा परी जीवन गुमाउने किशोर खेलाडीका आफन्तहरुले आफ्नो धारणा पनि राखेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected