२० माघ २०८२, मंगलवार
अनौठो संसार समाज

के कपाल खाइरहेका छन् चिनियाँहरू ?

२६ कात्तिक, चीनको छेंग्दुस्थित सडकमा हिंड्ने बटुवाहरूले खाइरहेको अनौठो खाना इन्टरनेटमा निकै भाइरल बनिरहेको छ । त्यहाँ सडकमा हिंड्ने मानिसहरुले कपालको गुच्छाजस्तो चिज खाइरहेका छन् । आखिर त्यो खानेकुरा के हो ?मानिसको शिरको कपालको गुच्छाजस्तै देखिने त्यो भाइरल खानेकुरा चीनको नयाँ स्ट्रिट फूड हो । यसलाई देख्दा लाग्छ कि मानिसले कपाल खाइरहेका छन् ।

यो खानेकुराको नाम फा कै या फ्याट चोय हो । यो एक प्रकारको सुख्खा साइनोब्याक्टेरियम हो जो लामो समयदेखि चिनियाँ खानाको हिस्सा बन्दै आएको छ । यो अधिकांश त चीनको गांसू, शांग्सी, किंगहाई, झिजियांग र मंगोलिया जस्ता शुष्क तथा उराठ मरुभूमि इलाकाहरुमा उब्जिन्छ र काटेपछि तुरुन्तै हावामा सुकाएर यसलाई तयार पारिन्छ ।

आफ्नो गाढा रंग तथा फाइबरको आकारका कारण यसलाई आम रुपमा कपालयुक्त तरकारी भनिन्छ । फा कैको वैज्ञानिक नाम नोस्टक फ्लेगेलिफर्म हो । यो प्रायः विभिन्न सुप तथा झोलमा कालो सेबइका रुपमा खाने गरिन्छ र नयाँ वर्षको पूर्वसन्ध्यामा यसलाई सौभाग्य भोजनको रुपमा लिइन्छ ।

फेट चोयलाई कपालवाला तरकारीको उपमा प्राप्त हुनुको कारण यो चिज सुकेपछि कालो कपालको एउटा गुजुुल्टोजस्तै देखिन्छ । तर यो जब सुपमा मिसाइन्छ तब यो नितान्त कालो सेबइजस्तै देखिन्छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व