१३ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ५ अंकको अग्रता

२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले ५ अंकको अग्रता हासिल गरेको छ । आइतबार विहान सकिएको खेलमा एस्टन भिल्लालाई २–० गोलले पराजित गरे पछि लिभरपुलको तालिकामा ११ खेलबाट २८ अंक भएको छ ।

गएरातिकै नतिजामा सिटी पराजित भएपछि लिभरपुललाई फाइदा पुगेको हो । पराजित भएको स्टन भिल्ला भने १८ अंकका साथ तालिकाको ८ औं स्थानमा छ ।

लिभरपुलका लागि खेलको २०औं मिनेटमा डार्विन नुनेजले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । भर्जिल भान डाइकको पासपछि सालाहलाई मिलेको बललाई भिल्लाका लियोन बेलीले रोक्न खोज्दा नुनेजले बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

त्यसपछि ८४औं मिनेटमा मोहम्मद सालाहले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । यस सिजनमा सालाहले १० गोल र १० असिस्ट गर्दै युरोपकै उत्कृष्ट फवार्डको रूपमा आफ्नो स्थानलाई मजबुत बनाएका छन् ।

उनाई एमरीको टिम भिल्लाका खेलाडीले केही अवसरहरू सिर्जना गरेको भए पनि, लिभरपुलका गोलकिपर काओइम्हिन केलहर र डिफेन्डर इब्राहिमा कोनाटेले उत्कृष्ट प्रदर्शन गर्दै विफल गरेका थिए ।

ब्राइटनसँगको खेल र च्याम्पियन्स लिगमा बुन्डेसलिगा च्याम्पियनलाई हराएपछि लिभरपुलले सात दिनमा तेस्रो जित दर्ता गरेको हो । प्रशिक्षक अर्ने स्लटले केवल तीन महिनामा १७ खेलमध्ये १५ खेल जितेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected