२६ फाल्गुन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

१९ कात्तिक, टनगर । टनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई एक सय २३ रनले तथा बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।

मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन बनायो । सुदूरका लागि सुवराज खत्रीले ४४ रन, अभिषेक थापाले ३७ र नरेन भट्टले २४ रन बनाए । बलिङतर्फ कोशीका सौजन घिमिरेले चार तथा विपिन महतोले दुई विकेट लिए ।

एक सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनायो । कोशीका लागि सौजन घिमिरेले २६ तथा आशिष मगरले १३ रन बनाए । बलिङतर्फ सूदुरपश्चिमका लागि सचिन भट्टले पाँच तथा नरेन भट्टले चार विकेट लिए ।

यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाइ एक सय ३३ रनको योगफल बनायो । कर्णालीका लागि हीरालाल चनराले ४५, मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । बलिङतर्फ मधेशका राजेश यादवले चार तथा अफ्रुदिन रैनले तीन विकेट लिए ।

एक सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनायो । मधेशका लागि मयन यादवले १५ र जितेश मण्डलले १३ रन बनाए ।

बलिङतर्फ कर्णालीका विपीन शर्माले चार तथा यूनिस ठकुरीले तीन विकेट लिए । कर्णाली दुई अङ्कका साथ अन्तिम स्थानमा तथा मधेश प्रदेश चार अङ्कका साथ पाँचौ स्थानमा छ । मङ्गलबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected