८ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

ल्हारक्याल लामा नियुक्तिमा कांग्रेसको विमती छ : महामन्त्री शर्मा

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले कोषमा लामाको नियुक्तिले गलत सन्देश दिएको धारणा राखे ।

‘म यो विषयमा प्रष्ट विमती राख्न चाहन्छु । मैले रक्षामन्त्री र कानुनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु । यो निर्णय सरकारको निर्णय हो । यो निर्णयको स्वामित्व नेपाली कांग्रेस बोक्दैन’ उनले भने ।

गौतम बुद्धको जन्मथलोमा नेतृत्व गर्ने व्यक्ति नियुक्तिमा सरकार गम्भीर हुन नसकेको उनले बताए । ‘संसार भरिका मानिसहरु नेपालतिर फर्केर श्रद्धा गर्छन् । त्यो माटोमा शीर एकपटक झुकाउन पाउँदैगर्दा जिवन नै धन्य भयो भन्नेखालको महशुस गर्छन् ।

यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दाखेरी सरकारले गम्भिरतापूर्वक कस्तो पृष्ठभूमिको, के योग्यता कस्तो छविको भनेर ध्यान नपुर्‍याउनु वर्तमान सरकारको गम्भीर गल्ती हो’ उनले भने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।